काठमाडौं । देशकै जेठो त्रिभुवन विश्वविद्यालयमाको मनोमानीले सेमेस्टर प्रणालीका सयौँ विद्यार्थीको भविष्य अन्योलग्रस्त बन्न पुगेको छ। राजधानी दैनिकमा प्रकाशित समाचारअनुसार २०७० सालदेखि त्रिवि कीर्तिपुर र केन्द्रीय विभागमा सेमेस्टर सुरु गरेको त्रिविले आफू र दाता अनुकुल हुने गरी मनलागी निर्णय गर्दा सयौँ विद्यार्थीहरूको भविष्य अन्धकार हुने अवस्थामा पुगेको हो।
त्रिविले सेमेस्टर सुरु गर्दा २.७ वा सोभन्दा बढी जीपीए ल्याउनेलाई पास गराउने नीति लागू गरेकोमा पहिलो र दोस्रो ब्याजका विद्यार्थीले चौथो सेमेस्टर अध्ययन समापन गरिसकेपछि अहिले आएर एसजीपीए ३ नल्याउने विद्यार्थीलाई फेल गराइदिएको छ।
त्रिविले केही समयअघि ३ एसजीपीए भन्दा कम पाएकालाई समेत ट्रान्सक्रिप्ट वितरण गरिसकेको थियो। त्रिविको आफ्नै निर्णय विवादित र गैरकानुनी बनेको छ। सुरुमा एउटा व्यवस्था गरी सेमेस्टर प्रणाली लागू भएको वर्षौँपछि अर्को निर्णय गर्ने भन्दै विद्यार्थी आक्रोशित भएका छन्। विश्व बैंकको अनुदानमा सुरु भएको सेमेस्टर प्रणालीमा विश्व बैंकको ‘कम्प्लेन’का कारण पाँच वर्षपछि आफूहरूको भविष्य नै अन्योल हुने निर्णय गरेको विद्यार्थीहको भनाइ छ।







