मिष्टर एण्ड मिस नेपाल एसएलसी २०१५ को उपाधी त्रिविक्रम र तेजस्वीलाई

पोखरा,मिष्टर एण्ड मिस नेपाल एसएलसी –२०१५ को उपाधी त्रिविक्रम गुरुङ र तेजस्वी गुरुङले हात परेका छन ।
गोस्पेल मल्टी मिडिया प्रा.लि. ले पोखरामा पहिलो पटक आयोजना गरेको सो प्रतियोगितामा नारायण उच्चमाविका त्रिविक्रमले उपाधी जित्नु भयो । अशेष शाही फष्ट रनरअप र निश्चल पुन सेकेण्ड रनरअप हुनु भयो । शाहीले टाइगर वाक तथा पुनले मिष्टर हेण्डशम तथा वेष्ट स्कीनको उपाधि प्राप्त गर्नु भयो । पोखरा सभागृहमा आइतबार सम्पन्न प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि समाजसेवी डा. प्रदुष पुन, आयोजक संस्थाका अध्यक्ष निरु पुन, कोरियोग्राफर रवीन्द्र बज्राचार्यलगायतले पुरस्कारस्वरुप नगद, ट्रफी, क्राउन साथमा गिफ्ट ह्याम्पर हस्तान्तरण गरे ।
त्यस्तै तेजस्वी मिस एसएलसी नेपाल बन्दै वेष्ट क्याटवाक र वेष्ट सपोर्टिङको उपाधि जित्नु भयो । बालकल्याण उच्च मावि पोखराकी तेजश्वी ९ प्रतिष्पर्धीलाई पाखा लगाउँदै उपाधि हात पार्न सफल हुनुभएको हो । वेष्ट हेयरको उपाधि पाएकी गरिमा श्रेष्ठ फष्ट रनरअप हुनु भयो । रिया शाहीले सेकेण्ड रनरअप हुँदै मिस व्युटीफूल तथा मिस पर्सनालिटी सवटाइटल पनि चुमिनु भयो ।
निश्चल शर्मा र सुजाता बिकले क्रमशः मिष्टर एण्ड मिस ट्यालेण्टेड उपाधि हात पारे । शर्मालाई वेष्ट स्माइलको थप उपाधि दिइयो ।
रोशन केसीले वेष्ट सपोर्टिङ, तेज गुरुङले डिस्सिप्लिन, भुवन तिमिल्सिनाले पर्सनालिटी, प्रशान्त श्रेष्ठले वेष्ट हेयर उपाधि पाए ।
एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीहरुमा अन्तरनिहीत प्रतिभा प्रष्फुटन तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ आयोजित सो प्रतियोगितामा सहभागीलाई झण्डै एक महिनासम्म विभिन्न तालिममा सहभागी गराइएको थियो ।

सम्बन्धित शिर्षकहरु