साउन १५, कपिलवस्तु । छोरी जन्माएको आरोपमा कुटपिट गर्दै कपिलवस्तुकी एक महिलालाई घर निकाला गरिएको छ ।लकपिलवस्तु नगरपालिका ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई ससुराले कुटपिट गरेका हुन् ।
छोेरी जन्माएको आरोप लगाउँदै निर्घात कुटपिट गरे खातुनले दुःखेसो पोखिन् । तीन महिनाअघि छोरी जन्माएपछि यातना दिन थालेको उनले सुनाईन । ‘बच्चा जन्मअनुअघि नै छोरी जन्मिए गाह्रो हुन्छ तँलाई पनि दुःख हुन्छ भन्दै मानसिक तनाव दिन्थे’, उनले भनिन् । अाजको कान्तिपुर दैनिकले खबर छापेको छ ।








