काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मंगलवार साँझ केन्द्रबिन्दु बनाई ५ बजेर ४४ मिनेटमा ४.३ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का सिन्धुपाल्चोक आसपासको जिल्लामा महशुस भएको थियो । आज बिहान गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई ८ बजेर ३० मिनेटमा ४. ८ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको परकम्प गएको थियो भने । त्यस्तै गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रबिन्दु भई पाँच रेक्टरको परकम्प भएको थियो । केन्द्रका प्रमुख अधिकारीका अनुसार विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०५ वटा परकम्प गइसकेका छन्।








