
काठमाडौं । तीन दिनदेखि सुन एउटै मूल्यमा किनबेच भईरहेको छ । आजपनि छापावाला सुन प्रतितोला ५६ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन प्रतितोला ५६ हजार २ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैंयाले घटेर प्रतितोला ७४० रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।








