रेनुदेबिको विचार पार्टीको लाइन बिपरित: भाजपा

फागुन ७, काठमाडौँ- भारतीय जनता पार्टी (बिजेपी)ले आफ्नो पार्टीकी उपाध्यक्ष रेणुदेवीले नेपाल हिन्दु राष्ट्र हुनुपर्ने भनेर नेपालमा दिएको अभिव्यक्ति उनको निजी भएको स्पष्ट पारेको छ ।

BJP_Vice_President_RENU_DEVIबिजेपी महासचिव राम माधवले विज्ञप्ती जारी गर्दै रेणुदेवीको विचारले पार्टी र सरकारको प्रतिनिधित्व नगर्ने भन्दै उनको निजि धारणाको रुपमा लिन सबैलाई आग्रह गरेका छन्। ‘रेणुदेवीले व्यक्त गरेका विचारहरु उनका निजी हुन्,’ विज्ञप्तीमा भनिएको छ, ‘ती विचारले पार्टीको घोषित नीतिको प्रतिनिधित्व गर्दैनन् ।’

बिजेपीले नेपाली जनताको सार्वभौमसत्ताको सम्मान गर्ने उल्लेख गर्दै संविधान निर्माणमा नेपाली जनताले लिने उपयुक्त निर्णयको भारतले सम्मान गर्ने बिज्ञप्तिमा लेखिएको छ ।

भारतीय सत्तारुढ दल बिजेपी उपाध्यक्ष रेणुदेवी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालमा जातीय संघीयता हुन नहुने बताउँदै धर्मनिरपेक्षताको पनि विरोध गरेको थियो ।

सम्बन्धित शिर्षकहरु