एनआईसी एशिया बैंककोे मिस्ड कल बैंकिङ सेवा शुरु

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नेपालमा विभिन्न शहरी, ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो भौतिक उपस्थितिलाई सशक्त पार्दै अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ ।

सोहि क्रमलाई निरन्तरता दिदै मंगलबारदेखि बैंकले मिस्ड कल बैंकिङ सेवा संचालनमा ल्याएको छ । यो सेवाको सुरुवात सँगै अब बैंकका ग्राहकले बैंकले उपलब्ध गराएको नम्बरमा मिस्ड कल गरे आवश्यक जानकारी लिनेछन् ।

बैंकका अनुसार ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्त गर्न सकिने भने ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएस मार्फत प्राप्त गर्न सकिने छ ।

यस्तै, ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याक मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २३१ शखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखा रहित बैंकिङ सेवा उपलब्ध छन् ।

बैंकको वासलातको आकार १७६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भएको छ ।

हालसम्म बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

सम्बन्धित शिर्षकहरु