नीलकण्ठ उप्रेती भारत र उदयराज पाण्डे मलेसियाका लागि राजदूत सिफारिस

काठमाडौं ।  सरकारले भारत र मलेसियाका लागि राजदूत सिफारिस गरेको छ । भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीलाई सिफारिस र मलेसियाका लागि उदयराज पाण्डे लाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको हो ।

दीपकुमार उपाध्यायले राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास राजदूतविहीन छ । काँग्रेस नेतासमेत रहेका उपाध्याय राजदूतबाट राजीनामा दिएर कपिलवस्तुबाट प्रतिनिधिसभा चुनाव लडेका थिए । तर, नेकपाका चक्रपाणि खनाल बलदेवसँग पराजित भए । यस्तै उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरिएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । उनी यूएईका पूर्व राजदूत हुन् ।

सम्बन्धित शिर्षकहरु