तूफानका कारण १२ को मृत्यु, पाँच बेपत्ता

typhoon-fitow-chinaवेन्झाओ, चीनमा शनिबार आएको सोउलर नामक तूफानका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको पूर्वी चीनको झेझियाङ प्रान्तको सरकारले जनाएको छ ।

तूफानमा परी अहिलसेम्म बेन्जाओ सहरमा पाँच जना हराएको समाचार छ । झेझियाङमा आँधीका कारण यसै वर्षभित्र मात्रै नागरिक विस्थापित हुनु परेका यो १३औं पटक हो ।

चिनियाँ सुरक्षा अधिकारीका अनुसार मृत्यु भएका धेरैजसो मानिस बाढीले बगाएको र केही नागरिक आँधीपछि भत्किएका घरहरुको भग्नावशेषमा परेको हुनसक्ने सम्भावना छ ।
आँधीका कारण १३ लाख ६० हजार मानिस विस्थापित भएका छन् भने करिब ३ अर्ब ८३ करोड चिनियाँ युआन ९झन्डै ६१ करोड ७० लाख अमेरिकी डलर० को क्षति भएको स्थानीय सरकारीद्वारा सञ्चारमाध्यमलाई जनाइएको छ ।

चीन सरकारले तूफानको खतरा भएका क्षेत्रका करिब १० हजार मानिसलाई आँधी आउनु पूर्व नै सुरक्षित स्थानतर्फ लगिसकेको थियो ।

चीन सरकारले सम्भावित आँधीको खतरा देखाउँदै आफ्ना नागरिकलाई सुरक्षित स्थलमा रहिरहन एक हप्ता अघि देखिनै सजग गराइरहेको थियो ।

माछा मार्न समुद्री इलाकामा गएका माझीहरुलाई पनि शुक्रबार बिहानसम्म बेन्झाओ सहर नजिकको बन्दरगाह फर्किन सचेत गरेको थियो । रासस÷सिन्ह्वा

सम्बन्धित शिर्षकहरु