सुन तस्करी,सनम हत्या प्रकरण: थप ३ जेल चलान, ३ धरौटीमा रिहा

काठमाडौं । सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा थप ३ जनालाई जेल चलान भएका छन् । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मदन सिलवाल, भुजुङका चालक लक्ष्मण गुरुङ र गोरेका सहयोगी भनिएका रामकुमार तिवारीलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला अदालत मोरङले सो मुद्दामा थप तीनजनालाई सोमबार तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिएको भन्दै अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न दिएको हो ।

अदालतले अरु तीनजनालाई भने धरौटीमा छाड्न आदेश दिइएको छ । उर्लाबारीका रेवत भनिने रेवन्तकुमार आचार्य १ लाख २१ हजार ५ सय रुपैयाँ, दमक–९ का विनोद अधिकारी र दोलखा चरिकोटका मोतीराम श्रेष्ठ एकरएक लाख रुपैयाँ धरौटी तिरेर छुटेका हुन् ।

सम्बन्धित शिर्षकहरु