पाँच वर्षमा ४६ हजार ७ सय ९२ दुर्घटना, १० हजार २ सय ७८ को मृत्यु

काठमाडौं । सवारी दुर्घटनामा पछिल्ला पाँच वर्षमा देशभर १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । सरकारी तथ्यांकअनुसार प्रत्येक वर्ष दुई हजार सर्वसाधारणको ज्यान दुर्घटनामै जाने गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यो संख्या प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेहरूको भन्दा झन्डै दुई गुणा धेरै हो । तथ्यांकअनुसार मुलुकभर प्राकृतिक विपत्तिबाट मात्रै प्रत्येक वर्ष ९ सय सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी सैलेश थापाले प्राकृतिक विपत्तिभन्दा सवारीसाधन दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या दुई गुणा धेरै रहेको बताए ।

उनले भने, ‘सडक दुर्घटना मानवनिर्मित संयन्त्रबाट हुने हुन् । यसबाट ज्यान गुमाउनेको संख्या प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेको भन्दा डबल धेरै देखिन्छ । यसो हुनु दुःखद हो ।’प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४/७५ को वैशाख मसान्तसम्म मुलुकभर सवारी दुर्घटनाका ९ हजार ५० घटना भए । दुर्घटनामा २ हजार ९७ ले ज्यान गुमाए । १० हजार २ सय ३३ घाइते भए ।

सम्बन्धित शिर्षकहरु