एजेन्सी । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना मैदानमा उत्रेको रियल विजयी भएको छ । कोपा डेल रे फुटबलको आफ्नो खेलमा रियल मड्रिडले लेगानेजलाई १-० गोलअन्तरले पराजित गरेको हो ।
पछिल्लो समय खराब लयबाट गुज्रिरहेको रियाल मड्रिडले गएराती कोपा डेल रे फुटबल क्वाटरफाईनल पहिलो लेगको खेलमा लेगानेजलाई उसैको घरेलु मैदानमा हराएको हो । रियाल मड्रिड र लेगानेजविचको क्वाटरफाईनल दोस्रो लेगको खेल जनवरी २५ तारिखमा रियाल मड्रिडको मैदानमा हुनेछ ।








