निर्मलनिवास दुई दिनदेखि खाली,नेपालगन्जमा दरबारको दलबल

काठमाडौं । निर्मलनिवास दुई दिनदेखि खाली छ । राजपरिवारका केही सदस्यबाहेक कोही छैनन् । दरबारका सदस्य र समर्थकको दलबलसहित पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपाल पुगेका छन् । नेपालगन्जको सोल्टी होटलको ‘स्विट रुम’मा बुधबार रातिदेखि बसेका छन्, ज्ञानेन्द्र शाहा । हिन्दू धर्मका अभियन्तासँग भेटघाटमा व्यस्त उनी शनिबारको कार्यक्रमलाई प्रभावकारी बनाउने तयारीमा छन् । २३ असार उनको ७२औं जन्मोत्सव हो ।

प्रायः निर्मलनिवासमा जन्मोत्सव मनाउने ज्ञानेन्द्रले यसपटक नेपालगन्ज रोज्नुको मुख्य उद्देश्य देशदौडाहामा हिन्दुत्व र राजसंस्थाको जनमतलाई बुझ्नु हो । पूर्वी नेपालको धारणा बुझेर फर्किएका ज्ञानेन्द्रले जन्मोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यन्त्री योगी आदित्यनाथलाई पनि अतिथि बनाउन बोलाएको पारिवारिक स्रोतले जनायो । ‘आउने कुरा छ, विशेष केही नभए उहाँको सवारी हुनेछ,’ स्रोतले भन्यो, ‘हिन्दू जागरण अभियान पनि यही कारण गरिएको हो ।’
गोरखादेखि स्थलमार्ग हुँदै नेपालगन्जसम्म पुगेका पूर्वयुवराज पारस शाहले हिन्दू जागरण अभियानको नेतृत्व गरेका थिए । यसक्रममा उनले गोरखा, पोखरा, बुटवल, भैरहवासहितका ठाउँमा धारणा बुझ्ने र राजसंस्थाका विषयमा नागरिकसँग संवाद गरे । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

सम्बन्धित शिर्षकहरु