काठमाडौं । यही साउनको २३ गते बुधबारदेखि हुने एसईई ग्रेड बृद्धि पूरक (मौका) परीक्षाको असार २५ गतेभित्र फारम भरीसक्न राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले जानकारी दिएको छ । बोर्डले परीक्षाको आवेदनका लागि रु ५०० शुल्क तोकेको छ भने आवेदनमा एसईईको परीक्षाको ग्रेडसिट र एसईईको परीक्षामा सामेल हुँदाको प्रवेशपत्रको प्रतिलिपि समेत पेश गर्नुपर्ने छ ।
ग्रेडबृद्धिको परीक्षा भने अगामी साउन २३ देखि सुरु हुनेछ । माध्यमिक तह कक्षा ११ मा भर्ना हुनका लागि १।६ जीपीए अनिवार्य आएको हुनुपर्छ । नतिजामा कुनै दुई विषयमा सी, डी प्लस, डी वा ई ल्याएका विद्यार्थीहरुले ग्रेडबृद्धिको लागि परीक्षा दिन पाउँछन् भने परीक्षामा २ विषयसम्म अनुपस्थित भएका विद्यार्थीहरुले पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।









