बराबरीमा रोकिए अस्ट्रेलिया र डेनमार्क

काठमाडौं । विश्वकप फुटवलमा अस्ट्रेलिया र डेनमार्कले बराबरी खेलेका छन् । दुवै टोलीले १–१ गोलको बराबरीमा खेल्दै समान १–१ अंक बाँडेका छन् । आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध खेलको ७ औं मिनेटमा नै गोल गरेको थियो ।  निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्रता दिलाएका थिए ।

अस्ट्रेलियाका लेकीले हानेको कर्नर किक डी एरियामा डेनमार्कका डिफेन्डर युसुफ पूल्सेनको हातमा लागेपछि भने डेनमार्कको अग्रता कायम रहन सकेन । डेनमार्कका डिफेन्डर युसुफ पूल्सेनको ‘गल्ती’का कारण अस्ट्रेलियाले पेनाल्टीमा गोल गर्ने अवसर पाएको थियो । अस्ट्रेलियाका कप्तान माइल जेडिनाकले पेनाल्टीमा गोल गरे ।

सम्बन्धित शिर्षकहरु