काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहमा खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको छ । आयोगले कुल ९ हजार ९ सय ९६ पदका लागि विज्ञापन आह्वान गरिएको हो ।
प्राथमिक तह, तृतिय श्रेणी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको हो । आयोगका अनुसार खुलातर्फ ५ हजार ४९८, महिलातर्फ १ हजार ४२१, दलित महिलातर्फ ४९, मुस्लिम महिलातर्फ १७, आदिवासी÷जनजातीतर्फ १ हजार २१५, मधेशीतर्फ ९८६, दलिततर्फ ४०५, अपांगतर्फ २२५ र पिछडिएको क्षेत्रतर्फ १८० आरक्षण छुट्टाइएको छ ।
विज्ञापनमा उल्लेख भए अनुसार मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको, शिक्षा विषयमा कम्तीमा १० महिने तालिम लिएको वा शिक्षा शास्त्रमा प्रविणता प्रमाणपत्र तह वा सो रहरको परीक्षामा २ सय पूर्णांकको शिक्षा विषय लिइ उत्तीर्ण गरेको तर अपांगता भएका व्यक्तिले यो विज्ञापनका लागि तालिम नभए पनि उम्मेदवार हुन पाउने छन् ।
त्यस्तै स्थायी अध्यापन अनुमति पत्र, नेपाल नागरिक भएको तथा दरखास्त फारम बुझाउने अन्तिम मिति २०७५ साल असार ३० गतेसम्म १८ वर्ष उमेर पूरा भइ ४० वर्ष ननाघेको हुनुपर्नेछ । आयोगका अनुसार लिखित परीक्षा असोज १३ गते हुनेछ ।










