डा. उपेन्द्र देवकोटाको सिस्नेधाराको पानी पिउने र पिँढीमा सुस्ताउने इच्छा पूरा, गाउँलेहरुको भीड

गोरखा ।  वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटालालाई जन्मथलो गोरखा लगिएको छ। डा. देवकोटाले गाउँकै सिस्नेधाराको पानी पिउने र पिँढीमा सुस्ताउने इच्छा जाहेर गरेपछि हेलिकप्टरबाट आज दिउँसो हेलिकप्टरबाट उनलाई गोरखास्थित जन्मघरमा लगिएको हो। काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालबाट जन्मस्थान गोरखा पालुङटार नगरपालिकाको बोहरागाउँमा पुर्‍याइएको हो।

उनलाई जन्मघरको पिँढीमा सम्पूर्ण उपचारको व्यवस्थासहित राखिएको छ। डा देवकोटालाई हेर्न गाउँका मानिसहरुको भीड लागेको छ। पुर्ख्यौली घरमा केहीबेर राखेर आजै अस्पताल फर्काइने अस्पतालले जनाएको छ।

सम्बन्धित शिर्षकहरु