
काठमाडौं । दक्षिण एसियाकै ठूलो पार्टी भनेर चर्चा भइरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अहिले झण्डै ७ लाख पार्टी सदस्य भएको अनुमान गरिएको छ । पूर्व एमालेबाट झण्डै चार लाख र पूर्वमाओवादीबाट झण्डै तीन लाख ।
यति धेरै नेता कार्यकर्ताको व्यवस्थापन कसरी होला ? कसले गरिरहेको उनीहरुको व्यवस्थापनको काम ? नेकपाले यी सबै काम गर्नको लागि ७ प्रदेश र प्रवास प्रदेश गरी ३२ जना नेतालाई जिम्मेवारी दिएको छ । ३२ नेताहरुले तीन लाख नेता कार्यकर्तालाई कुनै न कुनै जिम्मेवारी दिने गरी काम गरिरहेका छन् ।
कहाँ कसलाई जिम्मेवारी-
प्रदेश १- भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले
प्रदेश २- सत्यनारायण मण्डल, विश्वनाथ साह, नागेन्द्र चौधरी र प्रभु साह
प्रदेश ३- अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, काशीनाथ अधिकारी र नारायण दाहाल
प्रदेश ४- किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी
प्रदेश ५- शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन
प्रदेश ६- युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा
प्रदेश ७- भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी
प्रवास- नारायणकाजी श्रेष्ठ, विन्दा पाण्डे, युवराज कार्की र टेकबहादुर पाठक
यी नेताहरुले तल्ला कमिटीमा एकताको मापदण्ड, संख्या आदिबारे छलफल गरिरहेको बताइएको छ ।








