
काठमाण्डाैं । धादिङको जुगेखोलामा बुलेराे र ट्रक एक अापसमा ठोक्किँदा आगलागी भएको छ । काठमाण्डौँबाट गल्छि तर्फ जाँदै गरेको बा १७ च १०९३ नम्बरको बोलेरो चितवनबाट काठमाण्डौँ अाउदै गरेको ना ५ ख ८७७० नम्बरको ट्रकमा ठोक्किएपछि सोमबार अपरान्ह करिव ४.३० बजे दुबै सवारी साधनमा आगलागि भएको हो ।
घटनामा बोलेरोमा सवार ३ जना घाईते भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।








