सन्दीपलाई अर्को सफलता,क्यानाडाको ग्लोबल टी-२० क्रिकेट लिग खेल्ने

काठमाडौं । नेपाली युवा लेगस्पीनर सन्दीप लामिछानेले क्यानाडाको ग्लोबल टी-२० क्रिकेट लिग खेल्ने भएका छन्। सन्दीपले मोन्ट्रेल टाइगर्सबाट क्यानडाको लिग खेल्ने भएका हुन्। आइतवार भएको प्लेअर ड्राफ्टमा टाइगर्सले उनलाई छैटौँ राउण्डमा छनोट गरेका हो।

उक्त टिममा वेष्टइन्डिजका सुनिल नारिन, श्रीलंकाका लासिथ मालिंगा र थिसारा परेरा, पाकिस्तानका मोहम्मद हाफिज, जिम्बोका सिक्नदर राजा लगायतका खेलाडी समेत छन्।

क्यानडामा हुने लिग सन्दीपको लागि तेस्रो फ्रेन्चाइज टुर्नामेन्ट हुनेछ। यसै वर्ष देखि सुरु हुन लागेको क्यानडाको लिगमा टी-२० लेजेण्ड क्रिस गेल देखि डारेमी सामी, आन्द्रे रसेल, स्टिभ स्मिथ, डेविड वार्नर, क्रिस लिन, किरण पोलार्ड, लुक रोन्ची, टिम साउदी, लेन्डन सिमोन्स लगायत खेलाडीले खेल्नेछन्।

आइपीएलको ११औँ संस्करण खेलेका सन्दीपले आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग ९सीपीएल० खेल्नेछन्। उनी क्रिस गेलको टिम सेन्ट नेभिस एण्ड किट्समा अनुबन्ध भइसकेका छन्।

 

सम्बन्धित शिर्षकहरु