प्रशान्त महासागरको ढीस्को

कवि ,उदय निरौला

प्रशान्त महासागरको ढीस्को …..क्रमशः

अँ प्रशान्त !तिमीले काखमा स्नेहकासाथ चुमेर उभ्याएकी त्यो सिडनि शहर म पनि पुगेँ, ट्रेनबाट लिफ्ट चडेर म बाहिर निस्के जमिनमा।कस्तो प्रविधि हो यो ।म चडेको ट्रेन भित्र गुफामा रोकियो ।बाहिर निस्कन म पाँच तला माथि पुग्नु पर्यो मेरो गन्तव्य टाउनहलमा उत्रने, तर त्यही तलाबाट पनि बाहिर निस्कने मार्ग रहेछ त्यो टाउनहल नआएर अर्कोतिर जाने, फेरि अर्को तलाबाट अर्कोतिर जाने जमिनमै पुग्ने ,भन्नाले जमिनको तलाबाट पनि जमिननै भेटिने अनि पाँचतलामाथिबाट पनि जमिननै भेटिने मात्र दिशा अलग ठाँउ अलग म पाँच तलामाथिबाट बाहिर निस्के पछि तिम्रो त्यो प्रवधिको करामत बुझ्न सक्छुकि भनेर स्टेसनमा नै दुई घण्टा घुमे तर म रन्थनिएँ, जादुगरको जादु जस्तो तिम्रो विज्ञानको प्राविधिक चमत्कार छाम्न अझ पनि सकिरहेको छैन।कति गजवले बनाएकी तिमीले यो माया नगरीमा गुड्ने बस र रेलका स्टेसनहरू, मलाई बुझ्न यति गार्‍हो भयो अब भनत मेरा माटाका ती पाठशाला टेक्न नपाएका हाम्रा दाजुभाइ ,बा, अामा !अाँउदा उनीहरूलाई कस्ले बुझाउने,कसरी गन्तव्यमा पुग्ने त्यो स्टेसनको भाषा पनि नबुझीने अनि गुगल नक्शा छाम्न पनि बिद्यालय छिचोलेकै हुनुपर्ने , तिम्रा मायानगरीमा कोही कसैलाई कसैको प्रश्नको उत्तर दिन पनि फुर्सद नहुने, समयसँग निमेष निमेषमा डलरको मापन हुने अोहो यो शहरको घना जंगलमा उसै हराइने कति पछि छौं हामीहरू! तै पनि प्रशान्त किन, किन मलाई मेरै माटोको संस्कृति ,पारा र बान्कीले नै छोइराखेको अनुभुती भैरहेछ।सायद बानी नपरेर होला वा !त! पछाडिएको पुरातन कलामा नै भिजेर होला कुनै उत्तर छैन म सँग ,ऐले यो घडी।अनि प्रशान्त!मलाई छोयो तिम्रो यो मायानगरीको जादुगरीकलाले तर पटक्कै छोएन ब्यक्तिबादि चरित्रले ,र पटक्कै छोएन तिम्रा नगरीको यो अहंबादी संस्कार र बान्कीले।भैगो छाडौं यी कुरा मलाई नछोएर तिम्रा माया नगरीलाई के फरक पर्छ र?छुनेहरू छपक्क भिजेकै छन् ,मेरै माटोको नयाँ पुस्ता मजाले भिजेको छ तिम्रो यो माया नगरीमा प्रशान्त !म त प्रशान्त! अब करिव करिव डाँडा कै घाम न हुँ पश्चिमी क्षितिजको ।ऐलेको मेरा माटाका पुस्ताकाहरू केही जानेर अाफ्नो माटोतिर फर्कने र त्याहाँ पनि तिम्रो नगरीको जादुगरी कलालाई विस्तार गर्नेतिर उन्मुख पनि छैनन् किनकि तिम्रो मायानगरी पढ्न सक्ने ,जान्न सक्ने अनि तिम्रो नगरीको कलालाई उतार्नसक्ने उनीहरूको बैंक खाता नै छैन तसर्थ मेरो माटोको यो पुस्ता पनि यतै बिलाउने धुनमा नै रहेको कुरा गरिरहेको म भेटिरहेको छु ।खैर!जे होला होला, जसो गर्लान् गर्लान् , मेरो बसको जादु पनि हैन किन माथा पच्चीस गरौं।अर्को मजा के भने नि प्रशान्त !मेरा माटाका यहाँ स्टेसन नै पिच्छे “हे रत्नपार्क रत्नपार्क ,भक्तपुर भक्तपुर , ए छ छ, छैन छैन, जानेहो “भन्दै कराउने बालकहरू पनि रहेनछन् न वसमा न रेलमा हातमा नोट बोकेर भाडा माग्ने पनि रहेनछन् , यात्रुको खल्ती काटिने संभावना नै भएन, बस चड्नु र साथमा अोपल कार्ड बटनमा झोस्नु ब्यालेन्स छ ,त्यही बटमले खाताबाट काट्छ, छैन नचड् बस ,नचड् रेल सकियो न कुनै कन्टक्टर न टिटि के को झर्को के को सास्ती । फेरि बसमा कुस्ती खेल्नु पनि नपर्ने लुगा च्यातिने वा दलिएर कोटको बटन झर्ने डर पनिरहेन , कसैका लामा नङ्ले अनुहारमा घाऊ बोक्ने डर पनि भएन यो चैं सिकिहाल्नु पर्ने हाम्रा माटोका यातायात चलाउने ठेकेदारहरूले तर उनीहरू सिक्दैनन् सिकेमा डोन बन्नै पाँउन्न् ,नत बन्न पाउँछन् ठेकेदार अनि सिक्ने किन।लाग्छ अरू पचास बर्षमा पनि यो नगरीको यस्तो छरितो कला हामीले हाम्रो माटोमा देख्न सक्तैनौ होला किनकि हामीहरू कवि भूपिको कविताको”हामी भुद्दु छौं र नै बहादुर छौँ बहादुर छौँ र नै भुद्दु छौँ ।”म प्रशान्त !तिम्रो माया नगरीको स्टेसनबाट अघि नबढी हराँएछु। अघि बढौं अब।
स्टेसन बाहिर राम्रो सानो पा्र्क , सुन्दर पुष्पहरू मुस्कुराइरहेका , फूलमा भवँरा घुम्नु एउटा अाच्छादित प्राकृतिक खेल ,खेलीरहेका थिए जोडीहरू कफिकासाथ, चिसो कोक र फान्टाकासाथ ,टाढा टाढाबाट अाएका पर्यटकहरू,रमाइरहेका थिए मनसँग,अाफ्नै धुन बजिरहेका थिए अन्तरको सायद मीठो नादसँग ,संगीतसँग।
म अघि बढेँ ती धुनहरूलाई छाडेर त्यो टाउनहल गेटबाट।अलिकति पर शदी अठारको महारानी भिक्टोरियाको सालिक रहेछ ,भाइ प्रज्वलले फोटो लिन अाग्रह गरे र हामी सबैले उनको सालिकसँग जोडिएर एक रहर मेट्यौं।नजिकमा ट्राम शहरको फन्को लगाई नै रहेथ्यो टन्न टुरिस्टहरू बोकेर , अनि कुनै गोरा चटक् देखाइरहेको थियो कुनै मार्लिको पपकासाथ।रियापकासाथ।अरूका अाँखाहरू कतापरे कुन्नि मेरा अाँखा एककुनै उमेरले सायद सत्तरी पारगरेको हट्कट्टा अल्गो ह्याट लगाएको मुसुमुसु हाँसेर सालिकको भंगिमा अाँखामा उतारिरहेको गोरो मानिसमा पर्छ, मलाई नै हेरेर मुस्काएको जस्तो उसका मिलेका दन्त पँङ्तिहरूले दर्साएझैं भान भए पछि ममा केही सोध्ने जिज्ञाशा जाग्यो , मैले सोधेँ “उसले बतायो उ व्रिटिस हो हाल निउजिलेण्ड बस्छ र घुम्न अाएको ।” मुसुमुसु हाँसिरहने उसको नाम मारियो बर्ग रहेछ , उससँग केही गफिए पछि उसले कफि पिउनेकुरा गर्‍यो ,र्भाइले उसलाई हामीले पिएको तिमी पिउ न त भनेपछि उ बाटो लाग्यो र हामीहरू पनि चाइना मार्केट नामले प्रख्यात चाइनिजहरूको बजारतिर लाग्यौं।तर मलाई चैं त्यो बब मारियोसँग गफगर्ने धोको नै धोको बनेर रहिरह्यो किनकि उसको कदले मुसमुसु मुस्कुरनउने कलाले मलाई हाम्रा माटोले धरोहरझैं उभ्याएकी खासगरेर हामी इलामेलीहरूका अर्का शिखर पुरूष खगेन्द्र नाथ शर्माको झजल्को दिईरहेको थियो।

अँ प्रशान्त !तिम्रो यही मायाँ नगरीबाट म वहाँलाई नमन गरिरहेछु। २०३९सालमा स्थानीय विकास मन्त्रालयमा जागीर गरेकाबेला वहाँ त्यही अन्तरगतको पञ्चायत विकास प्रशिक्षण केन्द्रको प्रिन्सिपल हुनुहुन्थ्यो ।विद्वताका प्रखर शर्मा त्यहीबेला विशिष्ट श्रेणीमा कार्यरत हनु हामी इलामेलीहरूकालागि गभर्को विषय थियोे ,सुदुर पुर्वबाट टाढाको राजधानी (तीनताकाको वहाँले जागिर प्रवेश गर्दासम्मको नाम नेपाल) अाएर पढेर जागिरे बन्ने भनेको अलि एडभान्स क्लासको मात्र संभावना रहन्थ्यो यसो भनेर वहाँ कुनै सामन्ती वा जिमीदार वर्गको चैं किामार्थ होइन बरू शिक्षित र कुलीन वर्गको हुनुहुन्छ ।हामी पुर्व इलामेहरू काठमाडौ नपसेर बनारस झर्ने र उतै संस्कृत पढ्ने चलन पछिसम्म पनि थियो यसर्थमा पनि वहाँले पथप्रदर्शकको काम गर्नुभएको लाग्छ मलाई , नहुन पनि सक्ला तर मेरो विचारमा हो। वहाँ विद्वान भैकन ठुलो अोहदामा रहिकन पनि स्नेही , मृदुभाषी र नम्र हुनुहुन्छ ,अहंले र त्यसको हजुरबुबा अहंकारले कहिल्यै दबाएन वहाँलाई।धन्य ती बब! मार्लो।प्रशान्त !तिम्रो काखमा मुस्कुराएको यो सिड्नीमा उत्तरीलालसागर चाइनासिका मानिसहरू कति जमेर ,कति रमेर र कति झुमेर व्यापार ब्यवशाय गरिरहेका कति कर्म प्रीय छन्, कति परिश्रमी र कति मिहिनेती छन्, यिनीहरू र नै विश्वलाई अर्थशास्त्रीय सौर्न्दर्यले छपक्कै छोपेका, धपक्कै बालेका र जुरुक्कै बोक्न सकेका छन् ।अाजित छ अमेरीका,ब्रिटेन र युरोप पनि यिनका प्रविधसँग, विज्ञानसँग र शीपसँग।कति मनपर्दा,उज्याला र हँसमुख यिनीहरू कति सुहाउँदो व्यापारिक पारा र बान्की । ज्वेलरी पसलका चम्किला माणिक्यहरूका हारजस्ता यिनीहरूको व्यापारीक मुस्कानसँग मिलेका दाँतहरू र गोरो मुहार।नबिक्ने बस्तुहरू पनि यिनका लवज र मुस्कानले बिकाईदिन्छ।मैले खासातिरका सन्काहा र जिराहा चिनी वयापारीहरूमात्र भेटेको ।ठाउँ अनुसार र देश अनुसार पनि यिनीहरूको लवज फरक भएको होकित!राम!जाने।

निकै ठूलाठूला पसलहरू र बजार।यो बजारमा छाँद मारेर घुमियो ।किन्ने सामानहरू पनि सस्ता र राम्रा क्वालिटिका,हामी त पर्यटक नेपाली पैसामा डलर जोख्नु अलि हाम्रा बुताले नभ्याउने।भाइ प्रज्वल र बहिनीहररूले केही सामानहरू किनेर लिएकोले केही मात्रमा मोल, तोलबारे थाहा भयो ।भाइले हामीलाई एउटा पसल अगाडि पुर्याएर ,यो पसल, यहाँका र बाहिरका भिअाइपिहरूका लागि भनेर देखाए ।जहाँ एक लेडिजब्यागको दाम दुई लाख अष्ट्रेलियन डलर थियो ।अँ प्रशा्न्त! तिमीले उभ्याएको एक होटल पार्क रेजिज ४९ तला अग्लो रहेछ टाउनहलमा ।ऐले अाफ्नो व्यपार प्रारंभ गर्नु अघि भाइ प्रज्वल त्यो होटलको म्यानेजर रहेछन् ,उनले हामीलाई ४८तला माथि पुर्‍याउने काम गरे ,जहाँबाट उत्तर सिड्नी शहर तिम्रो छाति भएर पारी पट्टी सजिरहेको थियो ।पर परका गगन चुम्बि महलहरूले छतमा अष्ट्रेलियन झण्डा फहराएर रवाफ दर्ज गरिरहेका थिए ,भने तिम्रो निलो पानीमा सामुद्रिक हाँसहरू पौडीरहेका साना ठुला जहाजहरू , स्टिमहरू र डुँगाहरू पनि दौडिरहेका दृश्यले मन चुँडेर त्यतैतिर पुर्‍याइहेको थियो। अाकाश खुला थियो। निलो ,र प्रशान्त तिम्रो प्रतिविम्बित छाँया पनि टल्किनु पनि स्वभाविकै थियो यद्यपि मैले पर धेरै पर र धेरै माथि यी अाँखाहरू हेरेर सगरमाथा र हिमाल खोजी गरेँ उत्तरी गोलार्धमा उभिएको मेरो सगरमाथा र हिँमालहरू प्रतिविम्बित थिएनन् त्याँहा तर पनि तिम्रो निलो र नुनिलो पानीमा तिनको रगत र पसिनाको घुलन अवश्य छचल्किरहेको थियो भनेर मानिदिन्छु म , कि कसो प्रशान्त !हमीले त्यो होटलको छतबाट देखेसम्म अष्ट्रेलियालाई अाँखामा पिएर र छातीमा संगेटेर अोर्लियौं र प्रु्स्थान गर्यौं, सिड्नीको त्यो भिक्टोरियाको सालिकलाई बाइ! गरेर।घाम पश्चिमी शरहदमा हमीलाई बासतिर मोडिरहेथ्यो र हामी पुन तेस्राे तलाको रेल स्टेसनबाट ब्ल्याक टाउन तर्फ अोर्लियौं।

सम्बन्धित शिर्षकहरु