काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य फेरि बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेल र हवाई इन्धनको मूल्य बृद्धि गरेको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा ३र३ र हवाई इन्धनमा ५ रुपैयाँले बृद्धि गरेको जनाएको छ । मूल्य बढेसँगै पेट्रोल प्रति लिटर एक सय १३, डिजेलर मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।








