एनआरएनए अष्ट्रेलियाको निर्वाचनकालागि न्यू साउल्थवेल्सको निर्वाचन कोअर्डिनेटरसगँ असनेपालन्यूजले गरेको कुराकानीको संक्षिप्त अंशः
एनआरएनए अष्ट्रेलियाको निर्वाचनले न्यू साउथवेल्स स्टेटमा ठूलो उत्साह ल्याएको छ । लामो समय पछाडि निर्वाचन हुन लागेका कारणले नेपाली समूदायमा उत्साह उमंग सञ्चार हुनु स्वभाविकै हो । न्यू साउल्थवेल्समा चुनावी तयारी पूरा भएको छ । स्वयम् सेवकहरू तयारी हालतमा छन् । यहाँ विहान ८ः०० बजे देखि साँझ ६ः०० बजे सम्म मतदान हुनेछ ।
पहिलो पटक विद्युतिय मतदान पक्रिया अपनाइने भएकाले मतदाताहरूमा कौतुहलता पनि उत्पन्न भएको छ । हामीले न्यू साउल्थवेल्समा मात्रै ४० वटा कम्प्यूटर र मतादाता पिच्छे भिन्नाभिन्न यूजर र पासवर्डको व्यवस्था गरेका छौँ । अशक्त, बृद्धबृद्धाहरूका लागि सहयोगीको पनि व्यवस्था गरेका छौँ । स्वयम्सेवकले निर्वाचन अधिकारीहरूले उनीहरूलाई मतहाल्न सघाउने छन् । उम्मेदवारहरूले मतदान केन्द्र वरिपरी चुनावी प्रचार– प्रसार गर्न पाउने छैनन् । स्वयम्सेवकहरूले पनि त्यस्त कार्यलाई प्रोत्साहन गर्न पाउने छैनन् । एककिसिमले भन्दा यो निर्वाचन न्यू साउल्थवेल्सबासीको चासोको विषय सफल भएको छ। उम्मेदवाहरूले पनि आ–आफ्नो तयारी गरिरहेका छन् ।
हामीले सुरक्षाको दृष्टिले मतदाताको नामावली भोली मात्रै प्रकाशन गर्ने छौँ । मतदान स्थलको सुरक्षाका लागि हामीले सुरक्षा गार्डको पनि व्यवस्था गरेका छौँ । हामी विगत तिन महिना देखि निर्वाचनको मात्रै तयारी गरेकाले निवार्चनमा कुनै प्राविधिक त्रुटी हुने छैन। विद्युतीय मतदान भएकाले फर्जि हुने, मत दोहोर्याएर हाल्ने कुनै सम्भावना छैन । निर्वाचन हरेक हिसावले चुस्त हुनेछ । निर्वाचन सकिएको बढीमा तीन घण्टामा परिणाम आइसक्नेछ ।
अर्को यो निर्वाचनमा उम्मेदवारहरूबीच ध्रुविकरण भयो भन्ने गुनासो सुनेका छौँ । तर त्यो कानूनी रूपमा देखिएको छैन । उहाँहरूले सौहार्दतापूर्वक मत मागिरहनु भएको छ । अन्तिममा म सर्वलाई यो निर्वाचनमा सहभागि हुन हार्दिक आह्वान पनि गर्दछु ।








