काठमाडौंमा नै बर्डफ्लुको संक्रमण देखियो, सर्तक हुन आग्रह

काठमाडौं । राजधानीमा नै बर्डफ्लुको संक्रमण देखिएपछि सन्त्रास फैलिएको छ । राजधानीको उत्तर पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी फार्ममा पालिएको हाँसमा बर्ड फ्लु देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ वटा पोल्ट्री फार्ममा पालिएको हाँसमा बर्ड फ्लु भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए । बर्ड फ्लु देखिएपछि राजधानीमा सतर्कता अपनाइएको छ ।

राजधानीबाहिरबाट काठमाडौं भित्रिने र राजधानीका वरिपरि पालिएका फार्मबाट हाँस नउठाउन पनि सरकारले निर्देशन दिएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

सम्बन्धित शिर्षकहरु