संविधान निर्माण महत्वपूर्ण उपलब्धि

Madhav Kumar Nepalकाठमाडौँ,  विभिन्न राजनीतिक दलका नेताहरुले संविधानसभाबाट संविधान बन्नु देशको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

संविधानसभाबाट पारित संविधानमा हस्ताक्षर गर्ने समारोहमा नेताहरुले उक्त प्रतिक्रिया दिएका हुन् ।

प्रतिक्रिया व्यक्त गर्दै पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधानसभाबाट संविधान बन्नु आमनेपाली जनताका लागि अत्यन्तै खुसीको कुरा भएको धारणा राखे ।

जनताका सामु संविधानसभाबाट लोकतान्त्रिक संविधान ल्याउने प्रतिबद्धता व्यक्त गरेकामा त्यो साकार हुँदा आफू अत्यन्तै हर्सित भएको उनको भनाइ छ ।

आमनेपाली जनताको हकहितलाई समेटेको यो संविधान प्रगतिशील संविधान भएका कारण आगामी दिनमा पनि असन्तुष्टिहरुलाई सम्बोधन गरेर जान सकिने उले बताए ।

नेपाली काँग्रेसका महामन्त्री एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहले पहिलो संविधानसभाले संविधान दिन नसके पनि दोस्रो संविधानसभाले संविधान निर्माणलाई निष्कर्षमा पु¥याएको बताए।

नेपाली जनताका अधिकतम आवश्यकता र चाहना संविधानले पूरा गरेको बताउँदै उनले केही दलहरुबाट व्यक्त भएको असन्तुष्टि वार्ता र संवादका माध्यमबाट समाधान गर्न सकिने उल्लेख गरे ।

यो संविधान गतिशील संविधान भएका कारण समयसापेक्ष विधि र प्रक्रियाबाट परिमार्जन गर्दै जान सकिने उनको भनाई छ ।

सम्बन्धित शिर्षकहरु