सुनको भाउ ३ सयले बढ्यो

काठमाडौ । आज सुनको मूल्य तोलामा ३ सय रुपैंयाले बढेको छ । मंगलबार ५८ हजार ६ सय रुपैंयामा किनबेच भएको छापावाला सुन आज ५८ हजार ९ सय रुपैंयामा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ५८ हजार ६ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले बढेर प्रतितोला ७७५ रुपैंयामा किनबेच भईरहेको छ ।

सम्बन्धित शिर्षकहरु