मुख्यमन्त्रीले सपथ लिएको भोलिपल्टै किन पल्टियो कर्नाटकमा भाजपाको सत्ता

एजेन्सी – कर्नाटकमा मुख्यमन्त्री बिएस यद्दुरप्पाले सपथ लिएको तेस्रो दिनमै राजीनामा दिन बाध्य हुनुपरेको छ। भारतको कर्नाटक राज्यका मुख्यमन्त्री बीएस यदुरप्पाले सपथ लिएको भोलिपल्ट राजीनामा दिएका छन् । हालै भएको चुनावमा ठुलो दल बनेको भारतीय जनता पार्टी(बिजेपी)को तर्फबाट मुख्यमन्त्रीको सपथ लिएका उनले सरकार बनाउनका लागि आवश्यक बहुत देखाउन नसकेपछि राजिनाम दिएका हुन् ।
कर्नाटकको चुनावी परिणामसँगै देखिएका केही नाटकीय घटनाक्रमका बिच अब कांग्रेस र उसको सहयोगी दलले सरकार बनाउने सम्भावना देखिएको छ । यसअघि काँग्रेस र उसको सहयोगी गठबन्धनसँग सहज बहुमत भए पनि त्यहाँका राज्यपालले सबैभन्दा ठूलो दल भाजपालाई नै सरकार गठनका लागि ३ जेठको राति आहृवान गरेका थिए । भोलिपल्ट यदुरप्पाले मुख्यमन्त्रीको सपथ लिए । तर सर्वोच्च अदालतले कर्नाटक विधानसभामा बहुमत देखाउन प्रदेश सरकारलाई आदेश दियो ।

सर्वोच्च अदालतमा शनिबार बीजेपीले बहुमत पुष्टि गर्नुपर्ने थियो । तर उनले देखाउन सकेनन् । भाजपाले तेस्रो दल जेडीएसका सांसदलाई प्रलोभन दिएरै भए पनि बहुमत पुर्याउन कोसिस गरेको भन्दै काँग्रेस र जेडीएसले आफ्ना सांसदलाई शहरभन्दा टाढा लगेर लुकाएका थिए । १०४ सांसद मात्र रहेको भाजपाले अन्ततः बहुमत पुर्याउन सकेन र मुख्यमन्त्री यदुरप्पाले राजीनामा दिए ।
अब कांग्रेस र जेडीएस मिलेर सरकार बनाउनेछन् । तेस्रो दल जेडीएसका नेता कुमाराश्वामी मुख्यमन्त्री बन्नेछन् । कांग्रेसले उनलाई समर्थन गर्ने बताइसकेको छ ।

सम्बन्धित शिर्षकहरु