काठमाडौं । दशैं मनाउन राजधानीबाहिर जाने सर्वसाधारणको सहजताका लागि भोलिबाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यसअघि सरकार र महासंघबीच इन्धनको मूल्यवृद्धिमा विवाद उत्पन्न भएपछि असोज ५ बाट गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकिएको थियो।
सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठकले बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । उपत्यकाका ३ जिल्लामा अध्ययन, व्यापार र विभिन्न पेशा, व्यवसाय गरी बसेका करिब ५० लाख सर्वसाधारणमध्ये धेरैजसो दशैं मनाउन बाहिरिने गर्दछन् । यो वर्षको दशैंको टीका आउँदो कार्तिक २ गते परेको छ भने असोज २४ गते घटस्थापना छ । घटस्थापनका लागि दिनदेखि अग्रिम टिकट बुकिङ गरेको सवारी चल्ने गर्दछन् ।








