असार २ । सिरहा, राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउनको लागि दहरुले २ नम्बर प्रदेशको चुनाव समेत स्थगित गरेको अवस्थामा उनीहरुले उग्र आन्दोलन गरिरहेका छन ।राजपाले आह्वान गरेको मधेस बन्दको क्रममा सिराहाको गोलबजारमा प्रहरीको गाडी समेत तोडफोड गरेका छ्न । त्यसै गरी राजपा कार्यकर्ताहरुले आज नवलपरासीको परासीमा नेपाली कांग्रेसका चुनाव प्रचार प्रचार सामाग्रीहरु जलाइदिएका छन ।
यसैबीच विराटनगरको निर्वाचन कार्यालयमा तालाबन्दी गर्न गएका १५ जना राजपा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।राजपा कार्यकर्ताले महोत्तरीमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको कार्यालयमा तोडफोड गरेका छन् ।
प्रहरीले दर्जनको संख्यामा रहेका बन्दकर्तालाई छुट दिँदा उनीहरु अराजक भइरहेको एमालेका सांसद तथा केन्द्रीय सदस्य बैजनाथ चौधरीले बताउनु भयो ।








