काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् । शनिबार सम्पन्न एन्फाको १६ औं साधारणणसभाबाट शेर्पा अध्यक्ष चुनिएका हुन् । ७६ भोट खसेकोमा शेर्पाले ६३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी मणि कुँवरले १२ मतमात्र ल्याएका छन् । एन्फाको ४ उपाध्यक्ष र ११ सदस्यमा पनि सबै शेर्पा समूहकै विजयी भएका छन् ।
यो नतिजासंगै नेपाली फुटवलमा गणेश थापा युगको अन्त्य भएको छ । शेर्पा लामो समयदेखि एन्फा शुद्धिकरणको अभियान चलाइरहेका एन्फाकै पुर्व पदाधिकारी हुन ।
एन्फाको उपाध्यक्षमा कर्मा समुहकै पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णवहादुर थापा र वीरबहादुर खड्का विजयी भएका छन् । नेम्वाङले ६१ सिहंले ५८ थापाले ५२ र खडकाले ३९ मत पाएको निर्वाचन समितिले जनाएको छ । ४ जना उपाध्यक्षका लागि ९ जना चुनावी प्रतिस्पर्धामा थिए ।
यस्तै, नयाँ कार्यसमितिको सदस्यमा दावा लामा ५६ दिनेश ब्यन्जनकार ५५ दीर्घबहादुर केसी ५५, पूर्णमान चित्रकार ५५, बिजय घले, ५३ निरोज खड्की ५२, किरण राइ ५०, मधुसूदन उपाध्याय ४८, प्रदेशसिंह राठोर ४८, रत्नकुमार श्रेष्ठ ४८ रबिन्द्रनाथ श्रेष्ठ ४२ विजयी भएका छज् । ११ जनाको लागी २९ जना उम्मेद्वार थिए








