काठमाडौं । ३३ किलो सुन काण्डमा बयानका लागि मोरङ पुगेका नेपाल प्रहरीका एसएसपी दिवेश लोहनी पक्राउ परेका छन् । बयानका लागि पुगेका लोहनीलाई पक्राउ पूर्जी थमाउँदै जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिइएको हो। ३३ केजी सुन प्रकरणको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीमाथि नै शंका भएपछि गृह मन्त्रालयको निर्देशन बमोजिम प्रहरी प्रधान कार्यालय नक्सालले चैत २२ गते जिम्मेवारीबाट मुक्त भएको पत्र थमाएको थियो।
उनीसँगै अनुसन्धानमा खटिएका डिएसपी प्रजित केसी र बालकृष्ण सञ्जेल पनि जिम्मेवारीमुक्त भएका छन्। डिएसपी केसी र सञ्जेललाई छानबिन समितिले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले त्रिभुवन विमानस्थलबाट तस्करी हुँदै बाहिरिएको ३३ केजी सुन प्रकरणमा यसअघिसम्म ६ जना प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।








