अाशु गीतकार प्रकाश सुवेदी

काठमाण्डौ । सूक्ष्म विषय वस्तु र साधारण घटनालाई पनि अाफ्ना गीतमा समावेस गर्न सक्ने प्रकाश सुवेदीलाई अाँसु गीतकार को उपमा दिंदा पनि अतिशयोक्ति नहोला। उनले २०५४ साल देखि पोखराको पृथ्वीनारायण क्याम्पसवाट उच्च शिक्षाको आरम्भ गरेका हुन् । २०५७ सालमा पृथ्वी नरारायण क्याम्पसमै सुवेदी लगाएतका साथीहरुको सक्रियतामा नमूना साहित्य समूह नामको एउटा साहित्यिक संस्थाको जन्म भयो जसको संस्थापक मध्यका एक जना पउनी पनि हुन्।नमूना साहित्य समूहले गर्ने हरेक सृजनात्मक कार्यमा प्रकाश दिलो ज्यान दिएर लाग्थे जसले गर्दा एकातिर क्याम्पसमा धेरै नव श्रष्टाहरुको जन्म भयो भने अर्कोतिर स्वयं उनी पनि लेखनकालामा खारिँदै गए।

अग्रजहरुलाई सम्मान र अनुजहरुलाई प्रोत्साहन गर्ने मान्यता राख्ने सुवेदी यधपी गीतकार र गजलकार नै वन्छु भनेर नलागेता पनि समयको क्रमसँगै राम्रो गीतकारको दर्जामा पुगेका छन्।

‘भावना’ र ‘प्रदीप्त’ नामक एकल रचना रहेका सांगीतिक एल्वम् निकाल्नुका साथै उनले ‘प्रीशा’ र समिश्रण एल्वममा समेत
आफ्ना गीत संग्रहित गरेका छन्।आँफु गीतकाररगजलकार प्रकट पगेनीको लेखनकला र वाचनकलावाट प्रभावित भएको स्वीकार्ने सुवेदीका गीतमा कुनै वाद,दर्शन,सिद्दान्त भन्दा पनि सवच्छन्दता वढि झल्किन्छ। विभिन्न विषयमा अति सरल,सरस र मिठास तरिकाले प्रस्फूटित हुने प्रकाशका रचनामा प्रकृतिप्रेम,राष्ट्रियता,आञ्चलिकता,वालमनोविज्ञान,सुखद् प्रेम,प्रेमपिडा,जीवनको यथार्थ वोध,आदि झल्किन्छ।

नभेट्दा त मन् यति मिल्छ भेटे झने् के होला
मनका सवै तिर्सना मेटे झन् के होला

तिमीलाई यति सम्झिएछु अाँफैलाई पो विर्षें मैले
अाफ्नो नाम लेख्नु साटो तिम्रै नाम लेख्छु जहिले

जति माया लाग्छ मामुको त्यति माया लाग्छ मलाई वावाको पनि
मलाई राम्रो लाग्छ मामु वावाले सँगै वसी वोलाएको नानू भनि

टुक्रिएको देश हैन हो मलाई सिङ्गै नेपाल चाहिन्छ
जहाँ अग्ला हिमाल सँगै समथर फाँट पाइन्छ

अाऊ न सानू मिठा मिठा प्रीतको वात गरम
तिमीले सँधै गुनगुनाउने गीतको वात गरम

अाफ्नै गाईले अाँफैलाई मारेजस्तै भयो
जिन्दगीका हरेक लडाइ हारे जस्तै भयो

हेल्लो हाइ भन्नु केवल वोल्ने एउटा वाहना हो
मुख्य कुरा तिमी सँग माया लाउने चाहना हो

सम्बन्धित शिर्षकहरु