पहिलोपटक संगै देखिँदै तुलसी घिमिरे र दयाहाङ

काठमाडाैँ । अभिनेता दयाहाङ राईले पहिलोपटक निर्देशक, कलाकार तुलसी घिमिरेसँग काम गर्ने भएका छन्। दयाहाङ र तुलसीलाई सँगै काम गर्ने अवसर भने निर्देशक अनमोल गुरुङले जुटाएका हुन्। तुलसी र दयाहाङले सँगै काम गर्न लागेको चलचित्रको नाम ‘आप्पा’ रहेको छ।

नेपाल बाहिर भारतको कालेबुङको टोलीले यो चलचित्रको निर्माण गर्न लागेको हो। चलचित्र निर्माणको घोषणा पनि कालेबुङमा निर्माण टिम र कलाकारको उपस्थितिमा मंगलबार गरिएको छ।

बाबुछोराको कथामा आधारित यो चलचित्रमा तुलसी घिमिरेले दयाहाङको बाबुको भूमिका निर्वाह गर्दैछन्। कार्यक्रममा घिमिरेले दयासँग काम गर्नु आफ्नो लागि ठूलो चुनौती भएको बताए। ‘नयाँ पुस्ताका र चलचित्रमा नयाँ ट्रेन ल्याउन भूमिका खेल्ने दयाहाङसँग काम गर्नु मेरो लागि चुनौती हो’, उनले भने, ‘मैले मेरो भूमिकालाई इमान्दारिताका साथ निभाउने प्रयास गर्नेछु।’

अभिनेता राईले आफूलाई चलचित्रको कथाले तानेका कारण खखेल्न तयार भएको बताए। दया र तुलसीका साथमा अरुणा कार्कीको पनि मुख्य भूमिका रहने आप्पाको छायांकन बुधबार कालेबुङको घुम्ने रेल स्टेसनबाट गरिएको छ।

सम्बन्धित शिर्षकहरु