चलचित्र “२.०”ले रिलिजको दुर्इ दिनमै उठायो अाफ्नो सम्पुर्ण लगानी

बलिउड । बलिउड अभिनेता रजनीकान्त र अक्षयकुमार अभिनित चलचित्र ‘२.०’ ले बक्स अफिसमा अप्र्यासीलो कमार्इ गर्न सफल भएको छ ।

पाँच सय करोड लगानीमा बनेको यस फिल्मले रिलिजअघि अगावै स्याटालाइट राइट्स, डिजिटल राइट्स र डिस्ट्रिब्यूसन राइर्टस्मार्फत ३ सय ७० करोड कमाइसकेको थियो भने रिलिजपछिको दुई दिनमै फिल्मले अाफ्नो लगानी उठाएको छ ।

पहिलो दिनमै फिल्मले हिन्दी भाषामा २० करोड र सबै भाषामा गरी १०० करोड कमाएको थियो। प्रविधिको भरपुर प्रयोग गरिएको फिल्मले दोस्रो दिन हिन्दी भाषामा झन्डै १८ करोड कमाएको थियो । त्यस्तै, अन्य भाषामासमेत गरी फिल्मको दोस्रो दिनको कमाई ८० करोडको हाराहारिमा रहेको बताइएको छ।

३ सय ७० करोड पहिल्यै उठेको अवस्थामा दुई दिनको कमाई डेढ करोड बढी भएपछि फिल्मले रिलिजको दुर्इ दिनमै लगानी उठाउन सफल भएको हो। यही गतिमा व्यापार गर्दै गए यो फिल्मले बलिउडको इतिहासमा नयाँ रेकर्ड राख्ने भारतीय मिडियाको दाबी छ।

सम्बन्धित शिर्षकहरु