सडक जथाभावी पार्किङ गर्नेहरू सावधान ! यसरी हुँदैछ कारबाही

काठमाडौं। ट्राफिक प्रहरीलेसडक जथाभावी सवारी साधन पार्किङ गर्नेहरूलाई कारबाही तीब्र पारेको छ । सडक पेटीमा जथाभावी सवारी साधन पार्किङ गरेर पैदल यात्रुलाई दुःख दिने सवारीधनीलाई सोमबार ट्राफिक प्रहरीले कारबाही गरेको छ । प्रहरीले सडकपेटीमा पार्किङ गरिएका कारमा चक्कामा ‘लक’ लगाएर कारबाही गरेको हो ।

काठमाडौंको अनामनगरमा सोमबार ट्राफिक प्रहरीले झण्डै एकदर्जन जिप र कारलाई कारबाही गरेको हो । काठमाडौंमा अधिकांश स्थानमा मोटरसाइकल, कार र जिपहरू सडकपेटीका साथै सार्वजनिकस्थलहरूमा जथाभावी पार्किङ गर्ने गरिएका कारण पैदल यात्रुलाई हिँड्न समस्या पर्दै आएको छ ।

सम्बन्धित शिर्षकहरु