
काठमाडौं । झापा दमकका अशोक दर्जी पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् । निम्न वर्ग परिवारमा जन्मिएका दर्जीमा सानो उमेर मै निकै अदभूत गायन क्षमता भएको छ । जसले गर्दा छोटो समयमा नै उनी चर्चामा रहेका छन्।
आजभोली दर्जीको चर्चा चुलिएका छन्। आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भिडियो मार्फत उनी एकाएक चर्चामा आएका हुन्। दर्जीले बाटोमा, होटलमा दिनभर गीत गाउँथे र जम्मा भएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धानिरहेका थिए। उनी भाइरल भएपछि थुप्रै मिडियाहरू अन्तर्वार्ता र उनको प्रतिभालाई सबैमाज पुर्याउनको लागि पछि लागेका छन् । अन्तर्वार्तामा उनले आफ्नो प्रतिभापनि देखाउँदै आएका छन् ।
दर्जीले एक अन्तर्वार्तामा एउटा राज खोले । दर्जीले भने , ‘दिदिले मलाई पढाई दिन्छु भनेर लग्दा बाबाले रातको १२ बजे लिन आउनु भो ।’ पढ्न रूचि देखाएका दर्जी आर्थिक अवस्था कम्जोर भएकै कारण पढ्न नपाएको हो । अहिले दर्जीलाई उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था मिलाइएका छन् । उनी स्कूल पनि जान थालिसकेका छन्।
स्कूलको पहिलो दिनमा सम्पूर्ण स्कूल परिवारले उनलाई राम्रो स्वागत गरेको थियो। अहिले दर्जीले आफ्नो पहिलो गीत रेकर्डिङ गराएका छन्। उनले आफ्नो पहिलो गीत नेपालका एक टप गायक तथा सङ्गीतकार टंक बुढाथोकीसँग रेकर्डिङ गराएका छन्।
दर्जीको पहिलो ‘मन बिनाको धन ठुलो कि धन बिना को मन ‘ बोलको गीत काठमाडौं पुतलीसडक स्थित स्टुडियो ९ मा रेकर्डिङ्ग गराएका छन्।








