आमाहरूको सम्मानार्थ दुर्गा रिमालले “आमा ” गीत सार्वजनिक गरे:

आमाको मुख हेर्ने दिनको अवसर पारेर अष्ट्रेलिया बाट गजलकार दुर्गा रिमालले आमा प्रति समर्पित गित सार्वजनिक गरेका छन। गजल विधामा आफ्नो कलम चलाउंदै आएका रिमालले आमाहरूको सम्मानार्थ गित सार्वजनिक गरेका हुन।

उनले आफ्नै शब्दमा भन्छन ” कोमलचरणमा डण्डवात् गर्दै संसारभरीकै आमाहरूकोनिम्ति शब्द अर्पण सहित…आमासगँ बिताएका हरेक पल प्रिय लाग्छन् । आमासगँ मागेर, नभए घुर्काएर या त रिसाएर भए पनि जसोतसो आधारभूत आवश्यक्ताहरु पुर्ति गरेको छु । बदलामा केहि दिन सकेको छैन् । मैले आमाकोलागि यसो गरे, उसो गरे भन्ने केहि पनि छैन र खास गरेको पनि केहि छैन् ।कयौँ दिनहरू भोक-भोकै र कयौँ दिनहरू आधा पेट खाएर हामी पाँच सन्तानलाई जसो-तसो हुर्काउँनु भयो, शिक्षा दिक्षा दिनु भयो । यसमा बाबाको पनि उत्तिकै योगदान छ । आज यो पुण्य दिनमा आमाले हाम्रो निम्ति जे जति गर्नु भयो शब्दमा दुरुस्त उतार्ने जमर्को गरेको छु र सम्पुर्ण आमाहरूको सम्मानार्थ शब्द अर्पण गरेको छु ।”

आफ्नै शब्दमा रहेको सो गितमा स्वर तथा संगित कर्मग्यालछन बोम्जन तथा नर्बु शेर्पाको एरेन्जमा क्रिएटिभ सर्कल अष्ट्रेलियाले बजारमा ल्याएको हो। अष्ट्रेलियामा पुनर्वासित नेपालीभाषी सर्जकहरू झगेन धिमाल, रिमेन आलोक, दिपक शर्मा धिमाल र दुर्गा रिमालको संगितिक एल्वम ‘कनेक्शन’ मा सो गित समाबेश हुनेबताईएको छ। यसभन्दा अघि दुर्गा रिमालले गजल संग्रह “भूगोलको नासो” गजल संग्रह प्रकाशित गरेका छन।

सम्बन्धित शिर्षकहरु