राजनीतिक उदेश्यका लागि फेसबुकबाट ९ करोड व्यक्तिको डाटा चोरी

न्युयोर्क । फेसबुकको डाटा चोरी प्रकरणसम्बन्धी विवादले रोकिने नाम लिएको छैन । फेसबुकको संसारभरिबाट आलोचना भइरहेको छ । फेसबुकको गलत नीतिका कारण उसलाई आर्थिक रुपमा ठूलो लस पनि भएको छ ।

झण्डै ९ करोड प्रयोगकर्ताको व्यक्तिगत जानकारी अवैध रुपमा राजनीतिक उद्देश्य पूर्तिका लागि प्रयोग भएको हुन सक्ने सामाजिक सञ्जाल फेसबुकले स्वीकार गरेको छ ।

८ करोड ७० लाख भन्दा बढी आफ्ना प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक परामर्श दिने क्याम्ब्रिज एनालिटिकाले अवैध रुपमा प्रयोग गरेको फेसबुकले जनाएको छ । यो यसअघि सार्वजनिक गरिएको भन्दा धेरै हो । यसअघि व्हिस्लेब्लोअर क्रिस्टोफर वाइलीले पाँच करोड फेसबुक प्रयोगकर्ताको जानकारी अवैध रुपमा प्रयोग भएको बताएका थिए ।

फेसबुकका प्रमुख प्राविधिक अधिकृत माइकल श्रोएफरको ब्लगबाट यो आँकडा बाहिर आएको हो । फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफूहरुले प्रयोगकर्ताको जानकारी सुरक्षाका लागि धेरै गरेको र अझै धेरै गर्न बाँकी रहेको बताएका छन् ।

प्रयोगकर्ताको पत्रकार सम्मेलनमा जुकरबर्गले यसअघि फेसबुकले धेरै टुल्लस दिएको र प्रयोगकर्ताले नै त्यसको प्रयोग गर्दा ख्याल गर्नु पर्ने वा गर्छन् भन्ने सोचेको बताए । तर आफूहरूले राखेको सोच गलत साबित भएको र त्यसमै चुकेको उनले बताए ।

उनले आफूहरुको जिम्मेवारीका बारेको सोच फराकिलो बनाउनु पर्ने रहेछ भन्ने थाहा भएको भन्दै यसमा फेसबुक चनाखो रहेको जुकर बर्गको भनाई छ ।

आन्तरिक रुपमा गरिएको अडिटबाट पछिल्लो समस्या बाहिर आएको पनि उनले बताए । युजर नेम, इमेल एड्रेस वा फोन नम्बर टाइप गरेर अरु प्रयोगकर्ता खोज्न मिल्ने फिचरका कारण धेरैले प्रयोगकर्ताको जानकारी अनधिकृत रुपमा प्रयोग गरिरहेको खुलेको उनले बताए । अहिले आफूहरुले त्यो सुविधामा कडाइ गरेको जुकरबर्गले बताएका छन् ।

प्रयोकर्ताको जानकारीफेसबुकका प्रमुख प्राविधिक अधिकृत माइकल श्रोएफरको ब्लग मार्फत पछिल्लो जानकारी बाहिर ल्याइएको हो । यो ब्लग अमेरिकाकोा हाउस कमर्स कमिटिको घोषणाको केही घण्टा पछि सार्वजनिक गरिएको हो । कमिटिले फेसबुकका प्रमुख जुकरबर्गले अप्रिल ११ भन्दा पहिले नै घटनाका सम्बन्धमा आफ्नो बयान दिनु पर्ने बताएको थियो ।

एनालिटिकाले बनाएको पर्सनालिटी क्वीज एप्लिकेशनमार्फत फेसबुक प्रयोगकर्ताको जानकारी संकलन गरिएको दाबी छ । यसरी संकलन गरिएको जानकारी सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको पक्षमा प्रचार गर्नका लागि प्रयोग भएको दाबी गरिएको छ ।

सम्बन्धित शिर्षकहरु