च्याम्पियन्स लिग: रोनाल्डोको उत्कृष्ट गोलले रियल मड्रिड विजयी

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ । युभेन्टसलाई आफ्नै घरेलु मैदानमा हार चखाउन रियल मड्रिडले ३–० गोलले पराजित गर्यो । युभेन्टसलाई हराउन रियलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

गत सिजनको उपाधि भिडन्तमा पनि रोनाल्डोले दुई गोल गरेपछि युभेन्टसलाई ४ – १ ले हराउदै रियलले उपाधि चुमेको थियो । घरेलु मैदानमा १० खेलाडीमा सिमित बनेको युभेन्टसविरुद्ध रोनाल्डोले तेस्रो मिनेटमै गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ – ० ले अघि रहेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

खेलको ६४ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २ – ० को अग्रता दिलाए । रोनाल्डोले बाइसाइकल किकबाट दोस्रो गोल गरेका थिए । खेलको ६६ औं मिनेटमा पाउल ड्याबेला दोहोरो पहेलो कार्ड पाउदै मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सिमित भयो । त्यसपछि खेलको ७२ औं मिनेटमा मार्सेलोले एक गोल गरेपछि रियलले ३ – ० को सहज जित हात पार्यो ।

सम्बन्धित शिर्षकहरु