पूर्व प्रधानन्यायाधीश पराजुलीको नियुक्ती, अवकाश र राजिनामाको फाईल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नियुक्ती, अवकाश र राजिनामा सम्बन्धी निर्णयका फाईल झिकाउने आदेश गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसेको एकला इजलासले पराजुलीलाई नियुक्त गर्न न्याय परिषद्बाट भएको सिफारिशको र उमेर को सम्बन्धमा न्याय परिषद्बाट भएको निर्णय झिकाउन आदेश गरेको हो।

यस्तै संवैधानिक परिषद्ले पराजुलीलाई नियुक्तीका लागि गरेको सिफारिश समेत झिकाउन आदेश गरेको हो। यस्तै आदेशमा पराजुलीले चैत १ मा राष्ट्रपति समक्ष दिएको राजीनामा समेत झिकाउन इजलासले शुक्रबार आदेश गरेको हो।

सम्बन्धित शिर्षकहरु