
काठमाडौं । साताको सुुरुवाती दिन आज आईतबार नै नेप्से उच्च अंकले घटेको छ । नेप्से आज १४ दसमलव तीन अंकले घटेर ११ सय ९६ दसमलव २९ अंकमा पुुगेको छ भने सेन्सिटिभ दुई दसमलव ८५ अंकले घटेर दुई सय ५२ दसमलव ५३ अंकमा पुुगेको छ ।
एक सय ६० कम्पनीहरुको चार हजार एक सय ६० वटा कारोवारमा १५ लाख ६४ हजार छ सय ९२ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम ३२ करोड ५२ लाख ३४ हजार सात सय ११ रुपैयाँ पुुगेको छ ।
१० वटा समुहको कारोवार भएकोमा १० वटै समुहको सुुचक घटेर पुरै रातो भएको छ । बाँणिज्य बैंक समुहको सुचक २३ दसमलव पाँच अंकले घटेर १८ सय २६ दसमलव ७२ अंकमा पुुगेकोमा ११ करोड १५ लाख ७५ हजार रुपैयाँको सेयर कारोवार भएको छ ।
बिकास बैंक समुहको सुचक पनि आज २० दसमलव ८२ अंकले घटेर १४ सय ४८ दसमलव ५१ अंकमा पुुगेकोमा चार करोड २७ लाख ४४ हजार आठ सय रुपैयाँको सेयर कारोवार भएको छ ।








