काठमाडौं । चलचित्र ‘कृ’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीतमा शब्द परिवर्तन गरिएको छ ।गीतमा समावेश ‘उकालीमा अघि अघि’को ठाउँमा ‘ढुकढुकी’ राखिएको छ । चलचित्र ‘कृ’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीतमा केहि लाइन आफ्नो चलचित्र ‘संझना’को गीतबाट चोरिएको भन्दै निर्देशक शम्भु प्रधानले उजुरी हालेका थिए ।
उनकै उजुरीको आधारमा चलचित्रका निर्माता सुवास गिरी एक दिन हिरासतमा बस्नुपर्यो भने ११ लाख क्षतीपूर्ती पनि तिर्नुपर्यो । साथै गीतमा प्रधानले आफनो पुरानो गीत हटाउनु पर्ने माग गरेका थिए र सोहि अनुसार शब्द परिवर्तन गरिएको छ ।
गीतका निर्माणकर्ता भने अल्मोडा राना उप्रती हुन् ।
यस्तै प्रधान र निर्माता गिरीबीच युटुबबाट हटाउने सहमति भए अनुसार उक्त गीत युटुबबाट हटाइएको छ । तर, प्रधानको उक्त कदमलाई भने चलचित्रकर्मीहरुले चर्को आलोचना गरिरहेका छन् ।
साथमा, हाइलाइट्स नेपालको आधिकारिक युटुब च्यानलमा अपलोड भएको गीतमा ‘उकालीमा अघि अघि’को ठाउँमा ‘ढुकढुकी’ राखिएको छ ।
तर, अब ‘ढुकढुकी’ बोल समावेश गर्दै गीत युटुबमा अपलोड गरिएको छ । नयाँ गीतलाई पनि अल्मोडा रानाले नै तयार गरेका हुन् । गीतमा अल्मोडा राना उप्रेतीको शब्द, स्वर र संगीत छ । सविन एकतारेले उनलाई शब्दमा साथ दिएका छन् । गीतको नयाँ भिडियोमा पुरानै गीतको भिडियो र केहि तस्बिर समावेश गरिएको छ । गीतको भिडियोमा नायक अनमोल केसी र नायिका अदिती वुढाथोकीलाई फिचरिङ गरिएको छ ।








