
काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार जडान गरेको ट्राफिक बत्ती एकदिनमै बिग्रिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिकाको सक्रियतामा ११ वर्षपछि हिजोदेखि जोडिएको ट्राफिक बत्ती बुधबार बिहान नारायणगोपाल चोक, नयाँ बानेश्वर र केशरमहलका बिग्रिएका छन् ।
यार्सा टेक्नोलोजी प्रा.लि.ले नेपाली प्रविधिमा निर्माण गरेको उक्त बत्ती वायरलेस प्रविधि जडान गरिएको थियो। बत्ती स्वचालित र रिमोर्ट दुबै तरिकाले सञ्चालन गर्न सकिने जनाए पनि एकै दिनमा बिग्रिएको हो।








