वेलायत-अस्ट्रेलिया सिधा उडान

अष्ट्रेलिया । अष्ट्रेलिया र वेलायतको सिधा उडान सुरु भएको छ । इतिहासमै पहिलो पटकआइतबारदेखि यी दुई मुलुकलाई सिधा हवाई उडानले जोडेको छ। अष्ट्रेलियाको पर्थबाट उडेको बोइङ ७८७–९ ड्रिमलाइनर जहाज १७ घन्टा ६ मिनेट उडान गर्दै आइतबार बिहान लन्डनको हिथ्रो विमानस्थलमा अवतरण गरेको छ।

अष्ट्रेलियाको क्वान्टास एयरलाइन्सको क्युएफ ९ सो उडान २ सय ३० यात्रु र १६ जना चालक दल सदस्यसहित लन्डन पुगेको हो। १४ हजार ४ सय ९८ किलोमिटरको यो सिधा उडान विश्वकै दोस्रो लामो दूरीको सिधा उडान हो। पर्थ–लन्डनबीचको यो हवाई उडान अन्य सबै उडानहरुभन्दा तीन घन्टा छिटो छ। अरु जहाजले खाडी देशहरुमा इन्धन भर्न रोकिँदा समय लामो लाग्नेगर्छ।

 

सम्बन्धित शिर्षकहरु