चाइना कप फुटबलको उपाधि भिडन्तमा उरुग्वे र वेल्स भिड्दै

एजेन्सी । चाइना कप फुटबलको दोश्रो संस्करणको उपाधीका भिडन्त आज हुँदैछ । उपाधीको लागि आज वेल्स र उरुग्वे भिड्दै खेल्दैछन् । खेल नेपाली समय अनुसार खेल सोमवार साँझ सवा ५ बजेपछि चीनको गुवाङ्झीमा सुरु हुनेछ । उरुग्वे चेज रिपब्लिकलाई २–० ले र वेल्स चीनलाई ६–० ले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन् ।

उरुग्वेको टीममा लुइस सुवारेज, एडिसन काभानी जस्ता खेलाडी छन् भने वेल्सका मुख्य हतियार र प्रेरणा ग्यारेथ बेल हुन् । उनले चीनलाई हराउने क्रममा ह्याट्रिक पुरा गर्दै आफू फर्ममा रहेको पुष्टि गरिसकेका छन् ।

यी दुई देशले एक अर्कासँग फुटबल अहिलेसम्म एक पटक मात्र खेलेका छन् । सन् १९८६ मा भएको मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । योे खेलले यी दुई देशबीचको पहिलो विजेताको तय पनि गर्नेछ ।

सम्बन्धित शिर्षकहरु