तटबन्ध निर्माण कार्यमा ठेकेदारको लापरवाही,निर्माणमा साना बेल्डर प्रयोग

पप्पु गुरुङ् । महाकाली नदीमा बन्दै गरेको तटबन्धमा ठेकेदारले काममा लापरवाही गरेको स्थानियहरुले आरोप लगाएका छन् । महाकाली नदीको झोलुङ्गे पुल देखि ५ सय मिटर पुर्व र बाँकी पुलको पश्चिमरदक्षिण दिशा तर्फ भईरहेको तटबन्ध निर्माण कार्यमा ठेकेदार र कर्मचारीको मिलोमत्तोको कारण सानो बोल्डर प्रयोग भईरहेको स्थानियहरुको गुनासो छ् ।

तटबन्ध २ किलोमिटर निमार्ण हुन लागेको बताईएको छ । हिजो माहाकाली नगरपालिकाका स्थानिय र पत्रकारको एक टोली महाकाली नदीमा जनताको तटबन्ध निर्माण कार्यको निरिक्षण गर्न पुगेका थिए । स्थानिहरुले निमार्ण हुदै गरेको तटबन्धको तारजालीमा साना ढुङ्गा भएको कारण सजिलै ढुङ्गा खुस्किएको कारण तटबन्ध निमार्ण कार्य अहिले देखि कमजोर भएको स्थानियहरुले गुनासो गरेका छन् ।

‘निमार्ण गरिएका तटबन्धमा सानो ढुङ्गा प्रयोग भएको कारण तटबन्ध निर्माण गरिएको नगरिएको अर्थ भएन्’ स्थानिय पुष्पा सिंह बताउछन् । ठेकेदार र जनताको तटबन्ध कायार्।लयको चरम लापरवाहीको कारण निमार्ण गरिदै आएका तारजाली भरानमा सानो बोल्डर प्रयोग भएको कारण तटबन्ध अर्थहिन भएको सिंहले बताएका छन् । कुमार राजेन्द्र जेभीले पाएको ठेक्का बिक्रि हुदै साना ठेकेदारहरुले काम पाएको स्थानियहरु बताउछन् । ठुलो ठेकेदारहरुले पाएको ठेक्कालाई बिक्रि गरेपछि साना ठेकेदाहरुले काम गर्न थालेपछि काम नराम्रो बन्दै आएको अर्का स्थानिय शान्ती देबी शाहीले बताएका छन् । ‘पैसा कमाउन काम भई रहेको छ्’ उनले भने– ‘स्थानिय सरकार भनिएकाहरु क्हाँ सुतेका छन कुन्नी रु’ उक्त ठेक्का करिब २६ करोड रुपिँयामा कुमार राजेन्द्र जेभीले पाएको बताईएको छ् ।

निमार्ण कार्यको करिब ७५ प्रतिशत काम सकिन लाग्दा ठेकेदारहरुले सानो बोल्डर प्रयोग गरेर तटबन्ध कमजोर बनाएको स्थानियहरुको गुनासो रहेको छ् । महाकाली नदीमा बाढीका कारण माहाकाली नगरपालिकाको वडा नं। ४ र ६ वडाहरु उच्च जोखिममा पर्दे आएका छन् । प्रायस् हरेक बर्षको बाढीमा कटान र डुबानको चपेटमा पर्दै आएका माहाकाली नगरपालिकाबासीहरु निमार्ण भईरहेको जनताको तटबन्ध मजबुत बनोस भन्ने चाहाना रहेको स्थानिय गग्न सिंहले बताएका छन् ।

‘तारजाली भरान कार्यमा स्थानिय सरकारले निरिक्षण नगर्नु पनि चरम लापरवाही हो’ गग्न सिंहले भने– ‘ठेकेदारको चरम लारवाही देखिएको छ् । सानो बोल्डरको कारण तटबन्ध निमार्ण गरेको अर्थनै छैन्’ । बन्दै गरेका तारजालीबाट अहिल्यै देखि बोल्डर फुस्किन थालेको छ् । सरकारले माहाकाली नगरपालिकाका स्थानियहरुलाई जोगाउन निमार्ण गरिन लागेको तटबन्ध कमजोर निमार्ण हुदा स्थानिहरु भने चिन्तामा पर्न थालेका छन् । स्थानियहरुले तारजालीमा भरान गर्दा ढुङ्गा सानो भएको भन्दै बिरोध जनाएपछि जनताको तटबन्ध कार्यालयका अस्थायी सुपरभाईजर तमान सिंह गुरुङ्गले सामाजिक संजालमा निरिक्षण गर्न आएको टोलीलाई समेत ‘चोर ग्याङ्ग’ भन्दै रु. २ लाख रकम माँगेको आरोप लगाउदै सामाजिक संजालमा स्टाट्स पोष्ट गरेका छन् ।

सुपरभाईजर तमान सिंह गुरुङ्गले सामाचार संकलन गर्न आएका पत्रकारको टोलीलाई सामाजिक संजाल फेसबुकमा अनाश्यक लेखेपछि बिबाद अझै चर्केको हो । स्थानियहरुले महाकाली झोलुङ्गे पुल स्थित रहेको अस्थायी प्रहरी चौकीमा जनताको तटबन्ध कार्यालयका अस्थायी सुपरभाईजर तमान सिंह गुरुङ्ग बिरुद्ध निबेदन दर्ता गराएको स्थानियहरुले बताएका छन् ।

‘काम गलत भएको भन्दा पनि ‘पैसा माग्यो चोर ग्याङ्गहरुले’ भने सामाजिक संजालमा जनताका तटबन्धका एक अस्थायी कर्मचारीले तमान सिंह गुरुङ्गले लेखे’ स्थानियबासी गग्न सिंहले भने । जनताको तटबनध कार्यालबाट ईन्जिनियर समेत नआउदा निमार्ण कार्यमा लापरवाही हुदै आएको स्थानियहरुको ठहर छ् ।

सम्बन्धित शिर्षकहरु