काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला एयसलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट अबिद सुल्तानकी पत्नी अफ्सना खनामको मृत्यु भएको छ ।
विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानमको शुक्रबार विहान बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा मृत्यु भएको बंगलादेशी सञ्चार माध्यम द डेली स्टारले जनाएको छ । अफ्सना शेर–ए–बंगला नागर नेशनल इन्ष्टिच्युट अफ न्यूरोसाइन्समा उपचाररत थिईन् ।
मुस्लिम धर्म अनुसार दाहसंस्कार गरिने उनको शव पति अबिदको चिहान नजिकै राखिने परिवारले जनाएको छ । पाइलट अविदले चलाएको जहाज फागुन २८ गते काठमाडौंमा दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ४९ जनाको मृतयु भएको थियो । मृत्यु हुनेमा २६ जना बंगलादेशी, १ चिनियाँ र १ जना माल्दिभ्सका नागरिक छन् । बाँकी २१ जना नेपाली रहेका थिए ।
पहिलो दिन पाइलट क्याप्टेन अबिद सुल्तान अस्पताल भर्ना भएको बताइए पनि भोलिपल्ट उनको मृत्यु भएको बताइएको थियो । अविद जिउँदै भएको खबर बाहिरिएपछि अफ्ना केही सम्हालिएकी थिइन् तर पछि उनको पनि मृत्यु भएको खबर आएपछि उनी पूर्ण रुपमा बेहोस भएकी थिईन् ।








