काठमाडौं । राजधानीको सुन्धारास्थित गुलाब मिठाइ पसलमा आगलागी भएको छ । मंगलवार साँझ ६ बजे सुन्धारास्थित सीटीसी महल नजिकै रहेको मिठाइ पसलमा आगलागी भएको हो । त्यहाँ कार्यरत एक कर्मचारीका अनुसार घरको अन्डरग्राउन्डबाट आगो सल्किएको हो।
आगलागीमा परी सोही मिठाई पसलमा काम गर्ने महिला घाइते भएकी छिन् । आगो निभाउन उपत्यकाका सबै दमकल, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरु प्रयास जारी राखेका छन् ।








