प्रचण्ड सरकारले कार्यकर्तालाई बाढ्यो १७ करोड

 

साउन १८,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै मतदाता आकर्षित गर्न विभिन्न व्यत्तिलाई जथाभावी पैसा बाँडेको खुलासा भएकोछ ।

पदबाट राजीनामा दिएर ‘काम चलाउ प्रधानमन्त्री’ रहेका बेला दाहाल नेतृत्वको सरकारले जेठ १९ गते एकै दिन पाँच सय ३५ जनालाई ३ करोड ७८ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको देखिन्छ ।

त्यस दिन ४ सय ८५ जनालाई ५० हजारका दरले २ करोड ४२ लाख ५० हजार वितरण गरिएको थियो भने अन्य ५० जनालाई १ देखि १० लाखका दरले १ करोड ३५ लाख ५० हजार वितरण गरिएको थियो। दाहालले गत जेठ १० गते राजीनामा दिएका थिए ।

आजको नागरिक दैनिकमा खबर छ ।

 

सम्बन्धित शिर्षकहरु