अष्ट्रेलियामा जारी नयाँ भिसा प्रक्रिया नेपाली विद्यार्थीलाई सर्त पूरा गर्न कठिनाई

अष्ट्रेलिया । गत आइतबारदेखि लागू हुने गरी अस्ट्रेलियाले नयाँ भिसा प्रक्रिया जारी गरेको छ । नयाँ भिसामा यसअघि रहेको विदेशी कामदारहरूलाई दिइने ४५७ भिसा हटाएर मार्च १८ तारिखदेखि छोटो अवधि र लामो अवधिको भिसा भनेर वर्गीकरण गरिएको छ । जसअनुसार लामो भिसामा अस्ट्रेलिया आउने विदेशी कामदारले स्थायी बासिन्दा (पीआर) को अनुमतिका लागि आवदेन दिन पाउनेछन् भने छोटो भिसामा आउनेहरूलाई यो सुविधाबाट वञ्चित गरिएको छ ।
यो भिसा दुई वर्ष र चार वर्षका लागि बनाइएको अध्यागमन मन्त्रालयले जानकारी दिएको छ । दुई वर्षका लागि आएकाहरु काम सकेपछि फर्कनुपर्ने हुन्छ भने ४ वर्षका लागि आएकाहरुले गएको ३ वर्षपछि स्थायी अनुमतिका लागि आवेदन गर्न पाउनेछन् ।
विदेशबाट कामदार बोलाउनुअघि अस्ट्रेलियामै रहेका कामदारलाई प्राथमिकता दिएको हुनुपर्ने सर्तसमेत यस भिसामा राखिएको छ ।
यो भिसा प्रक्रियाले सबैभन्दा कठिनाइ विद्यार्थीहरूलाई अध्यागमन क्षेत्रमा काम गरिरहेका विज्ञहरू को भनाइ छ ।

यस पहिलेको ४५७ भिसामा अध्ययन सकेपछि प्रक्रियामा जान सहज थियो । तर नयाँ भिसामा भने विद्यार्थीलाई भिसाका सर्त पूरा गर्न कठिन बनाइएको छ ।
विदेशबाट यस भिसामा आउन चाहनेहरूले कम्तीमा सम्बन्धित क्षेत्रमा दुई वर्ष काम गरेको हुनुपर्ने र उनीहरूको अनुभव र अध्ययनको समेत सम्बन्धित निकायबाट जाँच हुनेछ । अस्ट्रेलियाले आफ्नो अध्यागमन नीतिमा पछिल्लो समयमा फेरबदल गरिरहेको छ । विदेशी नागरिकलाई अस्ट्रेलियाको नागरिकता दिने नीतिमा समेत वर्तमान सरकारले व्यापक परिवर्तन गर्ने कोसिस गरेको भए पनि अहिले उक्त अध्यादेशले संसदबाट अनुमति पाउन सकेको छैन ।

सम्बन्धित शिर्षकहरु